मुनाल सहकारीका सबै कर्मचारीको कोरोना बीमा

 
कास्की जिल्लाभर कार्यक्षेत्र भएको मुनाल बचत तथाऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।
नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै यो बीमा गरिएको हो । कोरोनाभाईरस (कोभिड–१९) बाट हुन सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दैप्रतिकर्मचारी रु.१ लाख वरावरको कोरोना बीमा गरिएको मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।
 
मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखा बिच भएको कोराना बीमा सम्झौता अनुसार सहकारीमा कार्यरत कुनै पनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षणगर्दा पिसिआर टेष्ट पोजेटिभ देखिएमा बीमा कम्पनीले सम्झौताबमोजिमको रकम तत्काल उपलब्ध गराउने र यो बीमाको अवधी एक वर्षको हुने सहकारीका प्रवन्धक अम्बर थापाले बताए ।