हाम्रो बारेमा
‘हाम्रो सहकारी राम्रो सहकारी’ भन्ने मूल नाराका साथ वि.सं. २०६५ सालमा सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय कास्कीमा विधिवत् दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित व्यवसाय गरी सदस्यको साझा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्न यस मुनाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सेयर सदस्यलाई समेट्दै उनीहरूलाई स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउन…
अध्यक्षको भनाइ
कास्की जिल्लाभर कार्यक्षेत्र बनाई विगत लामो समयदेखि आफ्नै भवनबाट वित्तीय सेवा प्रदान गरिरहेको यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई चार वर्षका लागि (२०७८ देखि २०८२ सम्म) निर्विरोध निर्वाचित गरी कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूले दिनुभएको यो जिम्मेवारीलाई आत्मसात् गर्दै “हाम्रो सहकारी राम्रो सहकारी” भन्ने नाराअनुरूप सहकारीको नीति–नियम तथा परिधिभित्र रही शेयर सदस्यहरूको वृहत्तर हितका ….
मुनाल नै किन
मुनाल निक्षेप/कर्जा सुविधा
Photo Gallery
