हाम्रो बारेमा
‘हाम्रो सहकारी राम्रो सहकारी’ भन्ने मूल नाराका साथ वि.सं. २०६५ सालमा सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय कास्कीमा विधिवत् दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित व्यवसाय गरी सदस्यको साझा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्न यस मुनाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सेयर सदस्यलाई समेट्दै उनीहरूलाई स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउन…
अध्यक्षको भनाइ
यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई चार वर्षका लागि (२०८२ देखि २०८६ सम्म) निर्विरोध निर्वाचित गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु ।स्थापना कालदेखि नै “हाम्रो सहकारि राम्रो सहकारि” भन्ने मर्मलाई आत्मसाथ गर्दै हामीले आफ्ना सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिका लागि निरन्तर कार्य गर्दै आएका छौं।सहकारीको वास्तविक मर्म भनेकै बचत गर्ने बानीको विकास गरी संकलित पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु हो। ….
मुनाल नै किन
मुनाल निक्षेप/कर्जा सुविधा

Photo Gallery




