हाम्रो बारेमा

‘हाम्रो सहकारी राम्रो सहकारी’ भन्ने मूल नाराका साथ वि.सं. २०६५ सालमा सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय कास्कीमा विधिवत् दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित व्यवसाय गरी सदस्यको साझा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्न यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो ।

सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सेयर सदस्यलाई समेट्दै उनीहरूलाई स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउन मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा दिइरहेको छ ।

सहकारीको सिद्धान्तलाई आत्मसात् गर्दै शेयर सदस्यहरूको आर्थिक, सामाजिक स्तर वृद्धि गर्ने, सदस्यहरूले जम्मा गरेको निक्षेपलाई प्रतिस्पर्धात्मक दरमा ब्याज दिने, सदस्यहरूको आय आर्जन र क्षमता वृद्धि गर्नका लागि आवश्यक मद्दत र सूचना उपलब्ध गराउने, आत्मनिर्भर तथा आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरूलाई उत्प्रेरित गर्ने अभिप्रायले सुन्दर पर्यटकीय नगरी पोखराको नयाँबजारमा यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन भइरहेको छ । सबै शेयर सदस्यको माया, सद्भाव र नियमन निकायको विश्वासले आज हामी कास्की जिल्लाभर कार्यक्षेत्र बनाई सेवा दिइरहेको जानकारी गराउन चाहन्छौं ।