मुनाल सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न

मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारण सभा २०८३ आश्विन १० गते   सम्पन्न भएको छ।

साधारण सभाका अवसरमा संस्थाका उपाध्यक्ष डा.बिष्णु प्रसाद चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी दुर्गाप्रसाद हुमागाई,मेघनाथ काफ्ले तथा भवानी शंकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। । कार्यक्रममा अध्यक्ष,कोषाध्यक्ष तथा सचिवको प्रतिवेदन क्रमश नारायण बहादुर थापा, सुदर्शन न्हुच्छे प्रधान र रमेश कुमार पौडेलले प्रस्तुत गर्नुभएको थियो। लेखा समितीको प्रतिबेदन समितिका सदस्य कुशल अधिकारीले प्रस्तुत गर्नुभएको थियो। साथै संस्थाका प्रबन्धक अम्बर बहादुर थापाले संस्थाको बारेमा संक्षिप्त मन्तव्य राख्नुभएको थियो । सहकारीका शेयर सदस्यहरु पार्वती अधिकारी र ईन्द्र सागर तामाङलाई उत्कृष्ट कारोबार गरेबापत सम्मान गरिएको थियो भने वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी रिमा थापालाई सम्मान गरिएको थियो । त्यसैगरी लेखा समिति संयोजकमा फणीन्द्र प्रसाद तिमील्सिनालाई निर्विरोध निर्वाचित हुनु भएको थियो । 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रमेश कुमार पौडेलले गर्नु भएको  थियो।