अध्यक्षको भनाइ

नारायण बहादुर थापा
अध्यक्ष

यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई चार वर्षका लागि (२०८२ देखि २०८६ सम्म) निर्विरोध निर्वाचित गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु ।स्थापना कालदेखि नै “हाम्रो सहकारि राम्रो सहकारि” भन्ने मर्मलाई आत्मसाथ गर्दै हामीले आफ्ना सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिका लागि निरन्तर कार्य गर्दै आएका छौं। सहकारीको वास्तविक मर्म भनेकै बचत गर्ने बानीको विकास गरी संकलित पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु हो। यसै अनुरूप मुनाल बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरूलाई सहज, सुरक्षित र पारदर्शी वित्तीय सेवा प्रदान गर्दै सदस्यहरुको आर्थिक र सामाजिक उधेश्य प्राप्त गर्न सदस्यहरुका लागि एक भरपर्दो साझेदारको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

वर्तमान समयको मागलाई ध्यानमा राख्दै हामीले मोबाइल बैंकिङ्ग र डिजिटल भुक्तानी जस्ता प्रविधिहरूलाई आत्मसाथ गर्दै सेवालाई अझ छिटो र छरितो बनाउने लक्ष्य राखेका छौं। प्रविधिमैत्री सेवाका साथै सदस्यहरूमा वित्तीय अनुशासन र उद्यमशीलता विकास गर्न विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो मुख्य प्राथमिकता रहनेछ। हामी सदस्यहरूको निक्षेपलाई पूर्ण सुरक्षा प्रदान गर्दै जोखिममुक्त र उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीतिलाई कडाइका साथ पालना गर्नेछ। सहकारी ऐन, नियम र सिद्धान्तहरूको परिधिभित्र रही संस्थालाई सुशासित र व्यवस्थित रूपमा अगाडि बढाउन हामी सदैव कटिबद्ध छौं।

हाम्रा शेयरधनी महानुभावहरूको अटुट विश्वास, सञ्चालक समितिको कुशलता र कर्मचारीहरूको लगनशीलता नै हाम्रो सफलताको मुख्य कडी हो। अन्त्यमा, यस वेबसाइटमार्फत संस्थाका गतिविधिहरू, वित्तीय विवरण र नयाँ योजनाहरूको बारेमा जानकारी लिई हामीलाई रचनात्मक सुझाव र सल्लाह दिनुहुन म हार्दिक अनुरोध गर्दछु। सहकार्य र समृद्धिको यात्रामा यहाँहरूको साथ सधैं रहिरहनेछ     भन्ने    अपेक्षा  गर्दछु।

धन्यवाद ! जय सहकारी जय मुनाल ! 

नारायण बहादुर थापा

अध्यक्ष