मुनाल सहकारी तेह्रौंं वर्षमा, सामाजिक भवन निर्माणलाई सहयोग

२०७७ माघ ३ । मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौं वर्ष पुरा गरी आज माघ ३ गतेबाट तेह्रौं वर्षमा प्रवेश गरेको छ । आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा संस्थाले नयाँबजारमा निर्माणाधिन शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ पच्चीस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताएको छ ।
एक कार्यक्रमका बीच शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समितिका सह–कोषाध्यक्ष राधे श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारीको उपस्थिती रहेको थियो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गर्दै आईरहेकोे सचिव मगनलाल श्रेष्ठले बताए ।
२०६५ माघ ०३ गते देखी कारोबार सञ्चालन गरेको कास्की जिल्लाकाे अग्रणी यस मुनाल बचत तथा ऋण सहकारी संस्थाको कास्की जिल्लाभर कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजार स्थित आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाका प्रबन्धक अम्बर बहादुर थापाले जानकारी दिए ।