मुनाल सहकारीको एघारौं वार्षिक उत्सव सम्पन्न

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो एघारौं वार्षिक उत्सव सम्पन्न गरेकाे छ । सहकारी माघ ३ गते बिहीबारबाट स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको हाे । साे अवसरमा सहकारीले पोखरा महानगरपालिका वडा ६ लेकसाइड स्थीत कोपिला नेपाललाई १५ हजार रुपैयाँ आर्थिक सहयोग छ ।
एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तीर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिति थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगन लाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आइरहेकोेछ ।
पोखराको नयाँबजारस्थित आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको सहकारीले २०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको हाे । सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभरी छ ।