मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को राहत वितरण

यस मुनाल बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको छ । कोरोना भाइरसले विश्व नै भयावह भइरहेको अवस्थामा पोखरा–२९ स्थित विपन्न वर्गका ३५ घरपरिवारलाई राहत वितरण गरेको हो ।
पोखरास्थित लायन्स क्लब अफ पोखरा पिस चौतारी, लायन्स क्लब अफ पोखरा पिस सोसाइटी, लायन्स क्लब अफ हेमजा र कोपिला–नेपालसँगको सहकार्यमा पोखरा महानगरपालिकाले घोषणा गरेको राहत प्याकेजअन्तर्गत राहत वितरण गरिएको होे ।