मुनाल सहकारीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित
पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हालै सम्पन्न भएकाे छ ।
अधिवेशनले नारायणबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा रमेश पौडेल, कोषाध्यक्षमा सुदर्शन न्हुच्छे प्रधान निर्वचित भएका छन् । समितिको सदस्यहरूमा तिलकबहादुर प्रधान, सन्तोषकुमार घिमिरे, मोतिप्रसाद पौडेल र नानुमाया तिमिल्सिना निर्वाचित भएका छन ।
लेखा समिति संयोजकमा कालीप्रसाद मैनाली तथा सदस्यमा किरणकुमार श्रेष्ठ र कुशल अधिकारी निर्वाचित भए भने ऋण उपसमितिको सदस्यमा कुलबहादुर नेपाली र पोषण अधिकारी निर्वाचित भए ।
साधारण सभाका अवसरमा संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईंलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनुभएकोमा बधाइ ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
त्यसैगरि सहकारीका शेयर सदस्य रामजीप्रसाद बाँस्तोला र कौशल्या गुरुङलाई क्रमशः उत्कृष्ट कारोबार गरेबापत सम्मान गरिएको थियाे भने वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी युगावती मैनाली (कविता) लाई सम्मान गरिएको थियो ।
साधारण सभाको उद्घाटन मुनाल बचत तथा ऋण सहकारी संस्थाका जेष्ठ शेयर सदस्य रगबहादुर गुरुङले गरेका थिए । सो अवसरमा प्रमुख अतिथि गुरुङले अब सहकारीले आफ्नो सहकारीलाई नै उत्कृष्ट बनाउने र यसमा नै बचत तथा ऋणको कारोबार गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
सम्मानित शेयर सदस्यहरुको तर्फबाट नवदीप इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य कौशल्या गुरुङ र उत्कृष्ट कर्मचारीको तर्फबाट युगावती मैनाली (कविता) ले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा मुनाल सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, पूर्वअध्यक्ष मेघनाथ काफ्ले र सल्लाहकार रामजीप्रसाद बाँस्तोलाले वर्तमान परिप्रेक्ष्यमा सहकारी संस्थाको महत्व र मुनाल सहकारीको विगतदेखि वर्तमान अवस्थासम्मको चित्रण गरेका थिए।
मुनाल सहकारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले स्वागत मन्तव्य तथा सञ्चालक समिति सदस्य डिलकुमारी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणबहादुर थापाले गरेका थिए ।



