मुनाल सहकारी र चरक मेमोरियल हस्पिटलबीच सम्झौता

मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चरक मेमोरियल हस्पिटल प्रा.लि. पाेखराबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । २०७६ असाेज ९ गते बिहिबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र चरक मेमोरियल हस्पीटल प्रा लिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पीटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन । हस्पीटलले २४ घण्टा इमर्जेन्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ ।