साधारण सभाको निमन्त्रणा
आदरणीय शेयर सदस्य महानुभावज्यूहरू,
उपरोक्त सम्बन्धमा यस मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८३ भाद्र १० गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार यस संस्थाको १८ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न गर्ने निर्णय भएकोले सम्पूर्ण शेयर सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
सभा हुने मिति, समय र स्थान ः
मिति ः २०८३ असोज १० गते शनिबार (२६ सेप्टेम्बर, २०२६)
स्थान ः ताजमहल ईभेन्ट, पस्र्याड्ड, पोखरा–५, कास्की
समय ः बिहान ७ः३० बजे
प्रस्तावहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र पारित ।
२. सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा आ.व. २०८२÷८३ को लेखा परीक्षककोे
प्रतिवेदन सहित २०८३ आषाढ मसान्त सम्मको वासलात तथा नाफा नोक्सान र नगद प्रवाह विवरण प्रस्तुत, छलफल र पारित ।
३. लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित ।
४. सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३÷८४ को बजेटमाथि छलफल र पारित ।
५. आ.व. २०८३÷८४ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
६. लाभांश सम्बन्धमा ।
७. लेखा समिति संयोजकको निर्वाचन सम्बन्धमा ।
८. विनियम पुनर्लेखन सम्बन्धमा ।
९. नीति तथा कार्यविधि संशोधन तथा पुर्नलेखन संम्बन्धमा ।
१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा ।
११. विविध ।
सञ्चालक समितिको आज्ञाले
रमेश कुमार पौडेल
सचिव



