मुनाल सहकारीकाे एघारौं साधारण सभा सम्पन्न
मुनाल बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा भाद्र २१ गते शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले गरेका थिए । साे अवसरमा प्रमुख अतिथि गुरूङले मुनाल सहकारीले गरेको कार्यको प्रशंसा गर्दै सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने बताए । पैसालाई जति चलायमान बनाउन सकियो देशको अर्थतन्त्र त्यति नै मजबुत हुने उनले बताए ।
सहकारीले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप एसएमएस बैंकिङ सेवाको शुभारम्भ गरेको छ । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डको समेत निःशुल्क वितरण सुरु गरिएको छ । हाल यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा न्युनतम दश प्रतिशतदेखि अधिकतम तीस प्रतिशसम्म छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताए ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मेघनाथ काफ्लेले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य सुधा थापाले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मगनलाल श्रेष्ठले गरेका थिए ।