मुनालद्वारा क्षमता अभिवृद्धि तालिम सञ्चालन

पोखरा, ९ भदौ । मुनाल बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालक समिति तथा समिति/उपसमितिका संयोजकहरुको लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।
नेफ्स्कुन कास्कीको प्राविधिक सहयोगमा सञ्चालित तालिममा मुनाल साकोसका सञ्चालक समिति, पूर्वअध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, विभिन्न समिति तथा उपसमितिका संयोजकहरुको सक्रिय सहभागिता रहेको थियो ।
नेफ्स्कुन कास्कीका फिल्ड इन्चार्ज यमकला सुवेदीले संस्थाका सञ्चालक समिति, सल्लाहकार, समिति तथा उपसमितिको काम, कर्तव्य, अधिकारको बारेमा प्रशिक्षित गराउनुभएको थियो । साथै सुवेदीले संस्थामा सम्भावित समस्या, समस्याको निराकरण, वित्तीय अवस्थामा सुधार लगायत सहकारी संस्थाको लागि आवश्यक विविध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो तालिममा संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईंले प्रशिक्षक लगायत उपस्थित समस्त महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणबहादुर थापाले गर्नुभएको थियो ।